एमाले थुलुङ दुधकोशी अध्यक्षको जिम्मा भूपाल सिङलाई

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेपाल कम्युनिस्ट पार्टी (एमाले) थुलुङ दुधकोशी गाउँपालिका कमिटीको अध्यक्षको जिम्मेवारी भूपालसिं राईलाई दिइएको छ ।

शनिबार नेकपा (एमाले) केन्द्रीय कमिटीका सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज मानवीर राईको प्रमुख आतिथ्यतामा जिल्ला पार्टी कार्यालय सल्लेरीमा सम्पन्न थुलुङ दुधकोशी गाउँ कमिटीको पाँचौं बैठकले राईलाई दिइएको हो । निबर्तमान अध्यक्ष उदयनारायण बस्नेतलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
बैठकमा प्रदेश कमिटी सचिवालय सदस्यद्वय महेश किराँंती र उत्तम कुमार बस्नेत जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला, सचिव आशकुमार राई ‘शिशिर’ लगायत नेताहरुको उपस्थितिबाट पालिकाको जिम्मेवारी हेरफेर गरिईएको हो ।
सम्पन्न बैठकद्वारा राईको अध्यक्षतामा गठित गाउँपालिका कमिटीको सह–इन्चार्ज नन्दराज गुरुङलाई चयन गरेको छ ।

नव गठित कमिटीको उपाध्यक्षमा प्रवीता राई,सचिबमा चतुरमान तामाङ र उप – सचिवद्वयमा ङवाङ तेन्जि शेर्पा र हरिकाजी बस्नेत रहेको नेकपा एमाले थुलुङ दुधकोशीले जनाएको छ । मुख्य पदिय पदाधिकारी परिवर्तन गरिए पनि सदस्यहरु भने यथावत रहेको निवर्तमान स–सचिव सिमसन राईले जानकारी दिनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु