समाजसेवी कार्कीको पहलमा अभिभावकबिहिन ३ बालबालिकाको संरक्षण

शेयर गर्नुहोस्

काठ्माडौं– सोलुखुम्बुमा तीन जना अभिभावकबिहिन बालबालिको उद्दार गरिएको छ । जिल्लाको माप्य दुधकोसी गाउँपालिका वडा नम्बर ३ माझगाउँका अविभावकबिहिन एक बालक र दुई बालिकाकोे स्थानीय समाजसेवी तथा नेपाली काँग्रेस माप्य दुधकोसी गाउँपालिका ३ का वडा सभापति उजिर कार्कीको पहलमा संरक्षण गरिएको हो ।

सानै उमेरमा आमाबाबु गुमाएका मनिसा नेपाली, हरि नेपाली र सुजता कार्कीलाई निःशुल्क खान, बस्न र पढ्नको लागि व्यवस्था मिलाइएको छ । तीनै जना बालबालिकालाई नेपाली काँग्रेस सोलुखुम्बु प्रदेश ‘ख’ का सभापति कर्मा शेर्पाले खान, बस्नसहित निःशुल्क पढाई दिने गरि सदरमुकाम सल्लेरीमा रहेको ह्वाइटहिल्स बोर्डिङ स्कूलमा व्यवस्था मिलाइदिएका हुन् ।
५ वर्षीय मनिसा र १२ वर्षका हरि नेपालीको बुबा शिव नेपालीको मृृत्यु भएपछि दुईजना विचल्ली भएका थिए । शिवकी श्रीमती शर्मिला नेपालीले २०७८ साल माघमा आत्महत्या गरेकी थिइन् । त्यसको एक महिनापछि शिवको पनि आज्ञात रोगका कारण मृत्यु भएको थियो । आमाबाबु दुवैको मृत्यु भएपछि विचल्लीमा परेका ती बालबालिका ठूलीआमाको घरमा बस्दै आएका थिए ।
यस्तै, वर्ष ११ की सुजता कार्कीको बुबा टिकाबहादुर कार्कीको गएको बैशाख महिनामा खुम्बु क्षेत्रमा लेक लागेर मृत्यु भएको थियो । बाबुको मृत्युपछि छोरी सुजता कार्कीको विचल्ली भएको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु