दर्शन गर्न दुधकुण्ड पुगेका दुईजनाको प्रहरी र सेनाद्धारा उद्धार

शेयर गर्नुहोस्

सोलुखुम्बु– प्रसिद्ध धार्मिक स्थल दुधकुण्ड मन्दिरमा लेक लागेर सिकिस्तबनेका दुई जनालाई नेपालप्रहरी र नेपाली सेनाले उद्धार गरेको छ । सोलुदुधकुण्ड नगरपालिका १ स्थीत ४ हजार ६ सय मिटरको उच्चाईमा रहेको दुधकुण्ड मन्दिर जाने क्रममा लेक लागेर सिकिस्तबनेका काठमाण्डौँकी २६ वर्षीय राध्यश्रेष्ठ र सोलुदुधकुण्ड नगरपालिका १ की ५२ वर्षीया शक्तिमाया खत्रीलाई उद्धार गरिएको हो ।

श्रेष्ठलाई दुधकुण्डबाटै नेपाल प्रहरीले बोकेर तलझारी प्राथमिक उपचार पश्चातनिको भएपछि घर पठाइएको प्रहरी नायव उपरिक्षक डिएसपी सुनिलजंग शाहले बताउनुभयो । यस्तै खत्री मन्दिरको दर्शन गरेर फर्किने क्रममा बेनीआईपुगेपछि टाउको दुख्ने, वान्ताहुने, रिगांटा लाग्ने लगायतका समस्याकाकारण सिकिस्तबनेकी थिइन् । उनलाई नेपाली सेनाले करिब २ घण्टाको पैदल दुरी सम्म बोकेर तलझारिएको मेजर उत्तर बहादुर चन्दले बतानुभयो । अवस्था सामान्य भएपछि खत्रीलाई घर पठाइएको नेपाली सेनाले जनाएको छ ।

मन्दिर उच्च स्थानभएका कारण त्यहाँ पुग्दा कतिपयलाई लेक लाग्ने गर्छ । यस पटक १२ सय जनाले दर्शन गरेका मन्दिर बजार व्यावस्थापन समितिले जनाएको छ । जनैपूर्णिमा मेलामा हिन्दु मात्रै नभइबौद्धमार्गी, किरातीहरु समेत दुधकुण्ड पुगेका छन् ।


शेयर गर्नुहोस्

अन्य खबरहरु