यूरोपमा खडेरी: जलचर बचाउन समस्या, पानीको प्रयोगमा प्रतिबन्ध लगाउँदै देशहरु

शेयर गर्नुहोस्

विदुर वस्नेत/ रोमानिया– कुनै समय बाह्रै महिना नदी बगिरहने फ्रान्सको बरगन्डीस्थित लक्स क्षेत्रमा लामो खडेरीका कारण रूखहरूको पङ्तीको बीचमा बतास चल्ने फराकिलो खाडल छ। जहाँ सुख्खा बालुवा, धूलो र हजारौं मरेका माछाहरूको अवशेष देखिन्छ।

लामो खडेरीले यूरोपेली महाद्वीपको लगभग आधा भागलाई प्रभावित पार्दा स्पेनमा सुख्खा र फुटेका जलाशयहरूदेखि डेन्यूब, राइन र पोजस्ता प्रमुख सहायक नदीहरूमा पानीको स्तर घट्दै गएको छ। यसले कृषि अर्थतन्त्रलाई क्षति पुर्‍याइरहेको छ, पानीमा अभाव भएको छ, डढेलो लागेको छ र जलचर प्रजातिहरूलाई खतरामा पारिरहेको छ।
पश्चिमी, मध्य र दक्षिणी यूरोपमा करिब दुई महिनादेखि उल्लेखनीय वर्षा भएको छैन। खडेरी अझै जारी रहने अनुमान गरिएको छ र यो ५०० वर्षमा सबैभन्दा खराब खडेरी हुन सक्ने विशेषज्ञहरूले उल्लेख गरेका छन्।

जलवायु परिवर्तनले परिस्थितिलाई थप जटिल बनाइरहेको छ। तातो तापक्रमले वाष्पीकरणलाई गति दिने, तिर्खाएका बोटबिरुवाले बढी आर्द्रता लिने र हिउँदमा कम हिमपातले गर्मीयाममा सिँचाइका लागि उपलब्ध ताजा पानीको आपूर्तिलाई सीमित गर्ने अवस्था आएको छ। पूर्वी अफ्रिका, पश्चिमी अमेरिका र उत्तरी मेक्सिकोमा पनि खडेरीको अवस्था देखिएको छ।

लक्सको १५ मिटर चौडा (५० फिट चौडा) नदीको किनारमा हिँड्दै गर्दा स्थानीय ‘फेडेरेसन फर फिसिङ एन्ड प्रोटेक्सन अफ द एक्वाटिक इन्भाइरोमेन्ट’का प्रमुख टेक्निसियन जाँ फिलीप कौसनले टिलेमा मरेका माछाका प्रजातिहरूको लामो सूची सार्वजनिक गर्दै भने, ‘यो हृदयविदारक छ।’ औसतमा, प्रति सेकेन्ड लगभग ८ हजार लिटरका दरले पानी बग्ने नदीमा अहिले पानी खोज्नुपर्ने अवस्था आएको छ।

केही क्षेत्रहरूमा खाडलहरूमा जमेको पानीको घोलमा फिस ल्याडरको सहायतामा ताजा पानीमा पाइने ट्राउट र अन्य प्रजातिका माछा आश्रय लिन बाध्य बनेका देखिन्छन्। तर यस्तो प्रणाली सबै ठाउँमा उपलब्ध छैन।


शेयर गर्नुहोस्

अन्य खबरहरु