सोताङमा माछा मार्ने क्रममा खोलामा एक जना बेपत्ता

शेयर गर्नुहोस्

सोलुखुम्बु – जिल्लाको सोताङ गाउँपालिका ४ स्थित हुँगा खोलामा एक जना बेपता भएका छन् । बेपत्ता हुनेमा सोताङ गाउँपालिका ४ गैरी गाउँका वर्ष ४९ का आस बहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

बुधबार दिउँसो माछा मार्न भनि हुँगा खोला सोही ठाउँका वर्ष २४ जब्बु राई र बेपत्ता राई गएको प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजंग शाहले बताउनु भयो ।

जाल हान्ने क्रममा चिप्लिएर खोलामा लड्दा आस बहादुर खोलामा डुबेर बेपत्ता भएको बताइएको छ । उनको तिब्र रुपमा खोजी भईरहेको प्रहरी बताएको छ । भारी वर्षातका कारण खोलामा पानी बढेकाले खोजतलासमा समस्या भएको इलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु