चट्याङ लागेर लोखिममा एक जनाको मृत्यु

शेयर गर्नुहोस्

सोलुखुम्बु– चट्याङ लागेर लोखिममा एक बालकको मृत्यु भएको छ । मंगलबार साँझ परेको चट्याङबाट थुलुङ दुधकोशी गाउँपालिका–९ का ७ वर्षीय बालक सुजन तामाङको घटनास्थलमा नै ज्यान गएको हो ।

उनकी आमा ताकमाया तामाङ सँगै मामा घर हनेका तामाङलाई पानी परेपछि ओत लाग्न घरको पेटिमा बसेको बेलामा चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु