माप्यमा एक घरमा आगोलागि २ लाख बराबरको क्षेति

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको माप्य दुधकोशी गाउँपालिका ४ मा एक घरमा आगलागी हुँदा २ लाख बढीको क्षति भएको छ । आईतबार राती करिब १२ बजे स्थानीय ज्ञानु नेपालीको घर आगलागी हुँदा भएको हो । आगोलागिबाट करिब २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट नेपालीको ढुङ्गा माटोबाट बनेकोे १ तले घर र भित्र भएका अन्नपात, भाडावर्तन, लत्ताकपडा लगायतका सामाग्री जलेर नष्ट भएको छ ।

चुलोमा सुकाएको दाउराबाट सल्किएको हुन सक्ने अनुमान गरिएको छ । थानियको सहयोगमा करिब ३ घण्टा पछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु