समाजसेवी शेर्पाद्धारा चिवाङ स्कूललाई १ लाख बढि आर्थिक सहयोग

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोलुदुधकुण्ड नगरपालिका ४ चिवाङ स्थीत चिवाङ आधारभूत विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ ।
सोही वडाका स्थानिय, समाजसेवी तथा हिमालयाक ट्रेक्स एण्ड एक्पीडिसन प्रा. लि. फ्रान्सका संस्थापक पासाङ शेर्पाले विद्यालयलाई १ लाख ४ हजार ९ सय रुपैया आर्थिक सहयोग गर्नुभएको विद्यायकी प्राधानाध्यापक गीता बस्नेतले जानकारी दिनुभयो ।

विगत लामो समयदेखि विद्यालयको शैक्षिक स्तर बृद्धिका लागि सहयोग गर्दैै आउनु भएका शेर्पाले कोभिडका कारण केही समय स्थगित गर्नु भएको र हाल पूनः सहयोग निरन्तरता दिनुभएको प्रधानाध्यापक बस्नेतले बताउनुभयो ।


शेर्पाले शिक्षण शिकाईलाई प्रभावकारी बनाउनु र विद्यार्थीहरुको शिकाई अविबृत्तिका लागि सहयोग गरिरहनुभएको प्रअ बस्नेतले बताउनुभयो । प्रधानाध्यापक बस्नेतका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट १५ जना जेहेन्दार विद्यार्थीलाई छनोट गरी उक्त प्राप्त रकम छात्रबृत्तिमा प्रदान गरिने छ ।

शेर्पाले चिवाङबासीलाई सोलार र कोरोना कारण भएको लक डाउनको समयमा खाद्यन्न समेत वितरण गर्नुभएको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु