सल्लेरीमा हावापानी मापन केन्द्रको स्थापना हुँदै

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको सदरमुकाम सल्लेरीमा हावापानी मापन केन्द्र राखिने भएको छ । सरमुकाम क्षेत्रको तापक्रम र वर्षात मापनकालागि सोलुदुधकुण्ड नगरपालिका ६ पुरानो दोर्पुमा केन्द्रको स्थापनागरिने भएको हो ।

सिँचाई तथा सव–डिभिजन कार्यालयको परिसरमा स्थापनागर्न लागिएको केन्द्रको स्थापनाका लागि जल तथा मौसम विज्ञान कार्यालय धरानको टोली सोलुखुम्बु आईपुगेका हुन् । स्टेशन स्थानपनापछि यस क्षेत्रको तापक्रम, वर्षा र मौषमबारे सजिलै जानकारी लिनसकिने मौसम विज्ञान धरानका सहायक राजु कुमार मिश्रले जानकारी दिनुभयो ।

स्टेसनको स्थापनाबाट बालीनाली लगाउनको लागि उपयुक्त समयसँगै यसमा आउने सम्भावित विपतका घटनाहरुबारे जानकारी लिन, र मौषमी जानकारी लिन लगायतमा टेवापुग्ने विश्वास लिएको छ । सल्लेरीमा स्थापना गरिन लागिएको केन्द्र १ हजार २ सय १९ औँ केन्द्र भएको केन्द्रले जनाएको छ ।

हाल सदरमुकाम क्षेत्रमाहावापानीमापन केन्द्र नहुँदा सिँचाई तथा कृषिकार्यका लागि ओखलढुंगा मापन केन्द्रलाई गुहार्नुपर्र्ने बाध्यता रहेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु