कपनमा महिलाको शव भेटियो

शेयर गर्नुहोस्

काठमाडौं– काठमाडौंको कपनस्थित आकाशेधारामा एकजना महिलाको शव भेटिएको छ ।

कोठाको खाटमा लडिरहेको अवस्थामा अन्दाजी ३४÷३५ वर्षीया महिलाको शव भेटिएको काठमाडौं प्रहरीका निमित्त प्रमुख एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर, काठमाडौं, प्रहरी वृत्त, बौद्ध र प्रहरी प्रभाग, कपनको टोली पुगिसकेको छ । कोठामा ती महिलाका एकजना छोरा पनि छन् । तर सुस्त श्रवण भएका उनी बोल्न सक्दैनन् ।

एसपी मैनाली भन्छन्, ‘विस्तृत अनुसन्धान नगरी के भएको हो, भन्न सकिन्न । भर्खरै आएर अनुसन्धान थालेका छौं ।’


शेयर गर्नुहोस्

अन्य खबरहरु