उदयपुरमा करेन्ट लागेर एकको मृत्यु

शेयर गर्नुहोस्

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका ८ देउरीमा सोमवार करेन्ट लागेर एकजनाको ज्यान गएको छ । ट्युवेल (कल)मा जडान गरेको मोटर चलाउनेक्रममा करेन्ट लाग्दा स्थानीय ६५ वर्षीय मन्तु चौधरीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाका अनुसार करेन्ट लागेर घाईते भएका चौधरीको उपचारको क्रममा जिल्ला अस्पतालमा ज्यान गएको हो । मृतकको शव पोष्टमार्टम पछि आफन्तलाई बुझाइएको इन्स्पेक्टर थापाले बताए ।


शेयर गर्नुहोस्

अन्य खबरहरु