खोटाङमा वर्षापछि झरेको पहिरोले एक घर र पशुचौपाया पू¥यो

शेयर गर्नुहोस्

खोटाङ – लगातारको वर्षापछि गएको पहिरोले खोटाङमा एक घर बगाउनुका साथै पशुचौपाया पुरेको छ ।
गएराति झण्डै पाँच सय मिटर माथिबाट खसेको पहिरोले रावाबेसी गाउँपालिका–६ हौँचुरका बलराम खत्रीको घर बगाएको हो । खत्री परिवार इटहरीमा सरिसकेकाले मानवीय क्षति भने नभएको वडाध्यक्ष चिरञ्जीवी कार्कीले बताउनुभयो ।

पहिरोले भैरबहादुर राईको गोठ बगाउँदा एउटा भैँसी, एउटा पाडो र एउटा बहर गोरु पुरिएको छ । भैंँसीलाई पहिरोबाट उद्धार गरेर निकालिएको तर बहर गोरु भने अहिलेसम्म फेला नपरेको वडाध्यक्ष कार्कीले बताउनु भयो ।

पहिरोका कारण भैरबहादुर राई, उद्योगबहादुर भुजेल, कृष्णबहादुर राई, पत्थरबहादुर राई, धनकुमार राई, वर्णबहादुर राई, हरि राई, पर्शुराम राई र प्रदीप राईको घर जोखिममा परेको छ । पहिरोभन्दा माथि घर भएका चित्रबहादुर कार्की र शुक्रराज राईको घर पनि जोखिममा परेको कार्कीले बताउनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु