सोलुखुम्बु– सगमारथा क्षेत्रमा चिसो बढेसँगै पर्यटक आवगमन न्यून हुँदा सगरमाथा क्षेत्र विस्तारै सुनसान हुँदै गएको छ । साथै स्थानीय बासिन्दाहरू समेत चिसो छल्न अन्यन्त्र जान थालेपछि खुम्बु क्षेत्र सुनसान बन्दै गएको छ ।
इलाका प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजन कुमारी बर्देवाका अनुसार सिजनमा पर्यटकले भरिभराउ हुने लुक्ला,नाम्चे,खुम्जुङलगायतका क्षेत्रहरू पनि चिसो सुरु भएसँगै एक्लिएको हो । यहाँ प्रायजसो चिसो भइरहन्छ । अरु समयमा भन्दा पुस, माघमा झन् धेरै चिसो हुनेहुँदा यहाँका मानिसहरू जाडो छल्न बेँसी झर्ने गर्दछन्। विगतका वर्षको तुलनामा यस वर्ष चिसो अत्यधिक भएपछि यो सिजनमा जिल्लाको पर्यटकीय क्षेत्र खुम्बुलगायतका अन्य क्षेत्रहरू सुनसान बन्दै गएका हुन्। यहाँका मानिसहरू चिसो छल्न मंसिर पहिलो साताबाटै काठमाडौं, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा जाने गरेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । स्थानीय फुरी शेर्पाका अनुसार लुक्ला,नाम्चेलगायतका लज सञ्चालकहरूले घरधनी बाहिर जाँदा काम गर्ने मानिसलाई घर जिम्मा लगाएर जाने गरेका छन् भने कतिपयले घरमा ताल्चा नै लगाएर जाने गरेका छन्।
खुम्बुमा मंसिरदेखि सुरु भएको अत्यधिक चिसो करिब फागुनसम्म जारी रहने भएकाले चिसो छल्नका लागि उनीहरू बाहिर जाने गरेका हुन्। खुम्बुका गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवं थामेलगायतका बासिन्दाहरू पर्यटन सिजन सकिनासाथ कात्तिक अन्तिम सातातिरबाटै खुम्बु छोडिसकेका छन् भने त्यसभन्दा तलका बस्तीहरू खुम्जुङ, नाम्चे, लुक्लालगायतका स्थानीयहरू मंसिरको पहिलो सातातिर बाहिर गएको बताइएको छ ।
यहाँका बासिन्दा जाडो छल्नका लागि धेरैजसो राजधानी काठमाडौं जाने गरेका छन्। स्थानीय फुरी शेर्पाका अनुसार लुक्ला,नाम्चेलगायतका लज सञ्चालकहरूले घरधनी बाहिर जाँदा काम गर्ने मानिसलाई घर जिम्मा लगाएर जाने गरेका छन् भने कतिपयले घरमा ताल्चा नै लगाएर जाने गरेका छन्।
मुस्किलले वर्षमा छ महिना मात्र यस भेगमा मानिसहरू बसोबास हुने गरेको स्थानीय बताउँछन्। चिसो छल्नका लागि अधिकांश स्थानीयले खुम्बु छाडेर गइसक्दा पनि कर्मचारीहरू भने खुम्बुमै रहेका छन्।
तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट सिधै काठमाडौंसम्म हवाई जहाजको सुविधा भएकाले यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दाको पहिलो रोजाइ काठमाडौं भएको स्थानीय दावा शेर्पाले बताए । भौगोलिक विकटता एवं उच्च हिमाली क्षेत्र भएकाले पनि यस भेगका बासिन्दालाई बाह्रै महिना समस्यामा पिरोलिएर बाँच्नु परेको छ।
झनै जाडो महिनामा त यस भेगमा एकछिन पनि बस्न नसकिने स्थानीयबासीहरू बताउँछन्। मुस्किलले वर्षमा छ महिना मात्र यस भेगमा मानिसहरू बसोबास हुने गरेको स्थानीय बताउँछन्। चिसो छल्नका लागि अधिकांश स्थानीयले खुम्बु छाडेर गइसक्दा पनि कर्मचारीहरू भने खुम्बुमै रहेका छन्। ख
स्थानीयबासीले सिजनमा पर्यटन व्यवसाय गर्ने र चिसोमा काठमाडौंलगायतका क्षेत्रमा गई चिसो छल्ने गर्छन् भने कर्मचारीहरू भने चिसोको प्रवाह नगरी त्यहीँ बस्न बाध्य छन्। खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नम्बर १ खरिखाला क्षेत्रबाहेक माथिल्लो क्षेत्रमा खासै खेतीपाती हुँदैन। यहाँको मुख्य आम्दानीको स्रोत नै पर्यटन व्यवसाय रहेको छ।
सगरमाथा समेत यसै गाउँपालिकामा पर्ने भएकाले यस गाउँपालिकामा वार्षिक करिब ५० हजार देशी तथा विदेशी पर्यटकहरू भ्रमणमा आउने गर्छन्।