सोलुखुम्बु– हरितालिका तीजको अवसरमा तुम्सेमा आयोजित संगिनी तीज नाचको उपाधी नेले युथ क्लवले हातपारेको छ ।
थुलुङ दुधकोशी गाउँपालिका १ नेले तुम्सेमा अवस्थित तुम्से डाँडा खानेपानी उपभोक्ता सरसफाई समितिले हराउदै गएको संगीनि नाचलाई जगेर्ना गर्ने उदेश्यले आयोजना गरेको सांस्कृतिक प्रतियोगितामा जनचेतना महिला समूह दोस्रो भएको छ । प्रतियोगितामा तेस्रो जल कन्या स्वास्थ्य आमा समूह भएको हो । प्रथम, द्धितिय र तृतिय हुने समूहले क्रमश नगद ७ हजार, ५ हजार र ३ हजार को साथमा प्रमाण पत्र प्राप्त गरेका छन् ।

यस्तै, सोही अवसरमा विवाहित र अविवाहित महिलाहरुवीच नृत्य प्रतियोगिता गरिएको थियो । विवाहित तर्फ प्रथम हिमशिखर केयरने अस्टिनोभ बोर्डिङ स्कुल, द्धितिय जनचेतना महिला समूह र तृतिय नम बुद्ध तामाङ सेवा समाज हुनसफल भएको छन् । स्थान प्राप्त गर्ने समूहले ४ हजार, ३ हजार र २ हजारको साथमा प्रमाण पत्र हात पारेका छन् ।

अविवाहित तर्फ प्रथम शुनगाभा महिला समूह खोटाङ, द्धितिय नम बुद्ध तामाङ सेवा समाज, तुम्से विकास समाज तृतिय र भुजेल सेवा समाज सान्त्वना स्थान हात पारेको थिए ।
स्थान प्राप्त गर्नसफल समूहले क्रमश नदग ४ हजार, ३ हजार, २ हजार र १ हजारको साथमा प्रमाण पत्र हात पारेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ नेलेका वडा अध्यक्ष घनराज सुनुवारले शुभकामना व्यक्त गर्दै महिलाहरु सामाजिक, राजनीतिक र हरेक रुपमा अघि बढ्नु पर्ने बताउनुभयो ।
जमुना राईको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न समाजसेवी, बुद्धिजिवी, सरोकारवाला तथा दिदीबहिनीहरुको उपस्थिती रहेको थियो ।









