लिखुपिके ‘रास्वपा’ सभापति बस्नेत जबरजस्ती करणी अभियोगमा पक्राउ

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको लिखुपिके गाउँपालिका वडा नं। २ पोखरी निवासी ४५ वर्षीय रामचन्द्र बस्नेतलाई फरक क्षमता भएकी महिलामाथि जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पालिका सभापति समेत रहेको बस्नेत २०८१ साउन ६ गते फरक क्षमता भएकी एक महिलामाथि जबर्जस्ती करणी गरी गरेको अभियोग लागेको थियो ।

अभियोग पस्चात फरार रहेका बस्नेतलाई २०८१ साउन १९ काठमाडौं महानगरपालिका १६ स्थित बनस्थलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी विकास राईले जानकारी दिनुभयो ।

पक्राउ गरिइएका बस्नेतलाई आज (बुधबार) जिल्ला अदालत सोलुखुम्बुबाट सात दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु