सोताङ उपाध्यक्ष राईलाई स्पष्टिकरण पेश गर्न निर्देशन

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको सोताङ गाउँपालिकाले हाल उपाध्यक्ष अन्जु नाछिरिङको नाम जोडेर सञ्चार माध्यममा सार्वजनिक भएको आर्थिक लेनदेन सम्बन्धी विषयमा स्पष्टिकरण माग गरेको छ ।

पालिकाका अध्यक्ष खिलराज बस्नेतद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उपाध्यक्ष अन्जु नाछिरिङलाई सार्वजनिक रुपमा नै स्पष्टिकरण पेश गर्न निर्देशन दिर्ईएको छ ।

सोताङ गाउँपालिकाको महिला बालबालिका शाखा मार्फत कार्यान्वयन गरिएका योजनाका विषयमा उपाध्यक्ष संयम जिम्मेवार हुने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । सो कार्यक्रम समग्रमा गाउँपालिकाको स्विकृत प्रक्रियागत ढाँचा र पारदर्शिता अनुरूप हुनुपर्ने उल्लेख गर्दै यस विषयमा थप संवेदनशिल भएर स्वयम् उपाध्यक्ष नाछिरिङबाट सार्वजनिक रूपमा स्पष्टिकरण दिन निर्देशन दिईएको छ ।

राज्य संयन्त्रको दुरुपयोग गरेर कसैले राजनीतिक फाइदा लिन खोजे त्यसविरुद्ध कानुनी कारबाही हुने चेतावनी पनि दिएको छ । सोताङ गाउँपालिका सधैं पारदर्शिता, सुशासन र जनउत्तरदायित्वको सिद्धान्तमा अडीक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु