सोलुखुम्बु– नेपाली काँग्रेस सोलुखुम्बुले जिल्ला कार्यसमिति सदस्य सुवर्ण बहादुर बस्नेतको परिवारलाई समवेदना व्यक्त गरेको छ ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका ३ निवासी बस्नेतका आमा भिमकुमारी बस्नेतको गत जेठ २५ गतेका दिन ९६ वर्षको उमेरमा निधन भएपछि आज नेपाली काँग्रेस जिल्ला कार्यसमिति र प्रदेश सभा क कार्य समितिले मृतकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेको हो ।

जिल्ला सचिवद्धोय युवराज घिमिरे, भालाकाजी कुलुङ र प्रदेश सभा सचिव विजय गुरुङ लगाएत पार्टीका नेताहरु काठ्माडौ डिल्ली बजार स्थीत घरमा पुगि समवेदना प्रकट गरेका हुन् ।
 
								

 
								






 
         
         
         
        