सोलुखुम्बुका ४ आरोहि सम्मानित

शेयर गर्नुहोस्

सोलुखुम्बुका तर्फबाट सगरमाथा आरोहण गर्ने ४ जनालाई सम्मान गरिएको छ ।

नेकपा एमाले सोलुखुम्बु काठमाडौ सम्पर्क मञ्चद्वारा आज शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा नेपाल सरकारका रक्षा मन्त्री मानवीर राईले आरोहिहरुलाई सम्मान गर्नु भएको हो ।

यस बर्षको आरोहण सिजनमा सफलतापुर्वक आरोहण गरेका पेम्बा शेर्पा, मिलन खलिङ राई, दाजाङबु शेर्पा तथा कुन्साङ छोपेल शेर्पालाई सम्मान पत्र सहित मञ्चले बधाई ज्ञापन गरेको छ ।

रक्षा मन्त्री राईले सोलुखुम्बु जिल्लाको सामान्य परिवारमा जन्मेर पनि सगरमाथा आरोहणको यात्रामा निस्कने साहसिक निर्णय लिने मनहरु प्रती उच्च सम्मान रहेको बताउनु भयो । वहाँले भन्नुभयो सगरमाथा आरोहण गर्न धेरै पैसा चाहिन्छ भन्ने कुरा थाहा हुदै गर्दा पनि मध्यम परिवारका तर्फ यसरी सहसिक निर्णय गर्नु गौरवको बिषय हो ।

आरोही पेम्बा शेर्पाले आफूले मृगौला प्रत्यारोपण गरेर पनि हिमाल आरोहण गरेर आफू जस्तै मृगौला पीडितहरुलाई जिवनमा हार्न नहुने सन्देश दिएको बताउनु भयो ।

कार्यक्रम मञ्चका अध्यक्ष खड्ग बहादुर राईको अध्यक्षता तथा मन्त्री राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु