खुम्बु पासाङ ल्हामुमा शिक्षकमाथी भएको घट्ना प्रति शिक्षक महासंघ सोलुको आपत्ती

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा अध्यापन गराईरहेका शिक्षकमा माथि हातपात भएको घट्नाप्रति नेपाल शिक्षक महासंघ सोलुले आपत्ती जनाएको छ ।

वडा नम्बर ३ मन्जुस्थित युवावर्ष आधारभूत विद्यालयका कार्यक्ररत शिक्षक भीमसेन नाछिरिङलाई केही व्यक्ति कक्षाकोठामा प्रवेश गरि कुटपिट गरी अमानवीय व्यवहार गरिएको थियो । जेठ २८ गते घटेको उक्त घटनाको महासंघले भत्र्सना गर्दै दोषीहरूलाई तुरुन्त कानुनी कारबाही गर्न माग गरेको छ।

घटनामा संलग्न दोषीहरूलाई पहिचान गरी आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु तथा सम्बन्धित निकायलाई महासंघले आग्रह गरेको छ। महासंघका अध्यक्ष जनक कुमार थापा र सचिव सर्य बहादुर बस्नेतद्धारा .हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “शिक्षकहरूलाई यसरी अमानवीय व्यवहार गर्नु आपत्तिजनक र निन्दनीय हो। यसले शिक्षण वातावरणमै प्रतिकूल असर पार्न सक्छ।“

महासंघले नाछिरिङमाथिको आक्रमणका दोषीहरूलाई छानबिन गरी कारबाही गर्न तथा भविष्यमै यस्ता घटनाहरू नदोहोरियोस् भन्ने सुनिश्चित गर्न सम्बन्धित विद्यालय प्रशासन, स्थानीय सरकार र सुरक्षा निकायहरूलाई विशेष ध्यान दिन आग्रह गरेको छ। कुटपिटबाट राईको मुख र नाकमा चोट लागेको र थप उपचारको लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु