बलबहादुरको नेतृत्वमा कांग्रेसका १७ नेताहरू चीन जाँदै

शेयर गर्नुहोस्

काठमाडौं– सत्तारुड प्रमुख सहयात्री दल नेपाली कांग्रेसका नेताहरूको जम्बो टोली आज चीन जाँदै छ । चिनीया कम्युनिष्ट पार्टीको निमन्त्रणमा पूर्वमन्त्री समेत रहेका कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्य बलबहादुर केसीको नेतृत्वमा १७ सदस्य टोली आज राति ११ः३० बजे चीन जान लागेको हो ।

चीन भ्रमणको उद्देश्य नेपाली कांग्रेस र चीनको कम्युनिष्टबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै दुई देशीय विचारहरू आदनप्रदान गर्ने कार्यक्रम रहेको नेता केसीले बताउनुभयो । ‘पार्टी टु पार्टी कनेक्शनलाई बलियो बनाउँने र नेपाल–चीनबीच विचारहरू आदानप्रदान गर्ने उद्देश्यले चिनीया कम्युनिष्ट पाटीको निमन्त्रण अनुसार हामी त्यसतर्फ जाँदै छौं’, केसीले भन्नुभयो ।

एक हप्ताका लागी तय भएको चीन भ्रमणको नेतृत्व केसीले गर्नुहुने छ । उक्त टोलीमा कांग्रेसका सांसद, मूर्वमन्त्रीहरूसहित पुराना र नयाँ नेताहरूको सहभागीता हुने केसीले जनाकारी दिनुभयो । १७ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जानुअघि नेता केसीले आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सरसल्लाह गर्नुभएको छ।

चीन सरकार र चीनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा एक साताव्यापी हुने भ्रमण अगाडि आजै बरिष्ठ नेता डा शेखर कोईराला र महामन्त्री गगन थापासँग पनि भेटघाट गरी सरसल्लाह गर्नुभएको छ । विहीबार राति ११ः३० बजे काठमाडौबाट चीनको गोन्जाउहुदै शुक्रबार दिउँसो बेईजिङ पुग्ने कार्यक्रम तय भएको बताइएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु