सोलुखुम्बु– नेपाली काँग्रेस निटक किसान महासंघ सोलुखुम्बुको जिल्ला अध्यक्षको जिम्मेवारी मिलन कुमार थुलुङले पाउनुभएको छ।
जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ का वडा सभापती समेत रहेका थुलुङलाई नेपाल किसान महासंघ केन्द्रीय समितिले महासंघको जिल्ला अध्यक्ष पदमा मनोनयन गरेको हो।
नेपाल किसान महासंघको संगठन विस्तार एवं आगामी जिल्ला अधिवेशन तोकिएको समयमा सम्पन्न गर्नेगरी महासंघको जिल्ला अध्यक्षमा मनोनयन गरिएको नेपाल किसान महासंघ केन्द्रीय समितिले जनाएको छ।
जिल्लाका सम्पूर्ण वडा, पालिका, प्रदेश र संघीय निर्वाचन क्षेत्रहरुको अधिवेशन केन्द्रले तोकेकै समयमा गराउन जिम्मेवारी दिइएको नेपाल किसान महासंघ केन्द्रीय समिति अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले दिएको मनोनयनपत्रमा गरिएको उल्लेख छ।