रेजिनाले जितिन् खालिङ भाषिक खुला कविता प्रतियोगिता

शेयर गर्नुहोस्

काठमाडौँ– किरात खालिङ राई उत्थान संघले आयोजना गरेको ‘खालिङ भाषिक खुला कविता प्रतियोगिता–२०८१’ को उपाधी रेजिना खालिङ (रामरिसफूल)ले जितेकी छिन् ।
आज (बिहीबार) काठ्माडौँमा २३ औँ स्थापना दिवसको अवसरमा गरेको कार्यक्रममा सार्वजनिक गरिएको अन्तिम नतिजामा उत्कृष्ट १० कविताबाट रेजिना खालिङको कविता उत्कृष्ट हुँदै प्रथम बनेको हो । खालिङले नगद १० हजारको साथमा प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

प्रतियोगितामा द्वितीय स्थान एकाप्रसाद खालिङ र रुद्र खालिङ (मज्जलाल) तृतीय हुँदा नरेन्द्र मलिमलाल (हाल दक्षिण कोरिया)ले सान्त्वना स्थान हात पारेका छन् । द्धितिय, तृतिय र सान्त्वनालाई क्रमश, ७ हजार,५ हजार र २ हजार ५ सय नगदको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।

बाँकी ६ कविहरूलाई प्रोत्साहनका लागि नगद १५÷१५ सय र प्रमाणपत्र प्रदान गरिएको किरात खालिङ राई उत्थान संघका अध्यक्ष बल बहादुर खालिङले जानकारी दिनुभयो ।

प्रतियोगितामा कुसुम खालिङ राई, रमेश राई, नरेन्द्र मलिमलाल, मुना खालिङ राई, श्रद्धा खालिङ राई, रेजिना खालिङ (रामरिसफूल), एकाप्रसाद खालिङ, मिङमार खालिङ, रविन खालिङ र रुद्र खालिङ (मज्जलाल)का १० कविता उत्कृष्ट १० मा छनौटमा परेका थिए । प्रतिस्पर्धाका लागि ५० भन्दा बढी कविता प्राप्त भएका थिए । सोही अवसरमा खालिङ समुदायबाट रक्षा मन्त्री बनेका मानवीर खालिङ र पत्रकार तथा कवि गणेश खालिङ ‘गिलु रातोस’लाई सम्मान समेत गरिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु