थुलुङ दुधकोशीमा अपांगता भएकाहरुलाई सहयोगी सामाग्री

शेयर गर्नुहोस्

थुलुङ दुधकोशी गाउँपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुको लागि सहायता सामाग्री वितरण गरिएको छ।

आज एक कार्यक्रमका वीच गाउँपालिका अध्यक्ष असिम राई ले ६ नं वडाभित्रका अपाङ्गता भएका नागरिकहरुलाई आवश्यकता र मागको आधारमा लठ्ठी,बैशाखी,थेरापी सम्बन्धी सामाग्री, श्रवण सहायता ( hearing-aid ) लगायतको सामाग्री वितरण गर्नुभएको ६ नं वडा अध्यक्ष महेन्द्रदीप राईले जानकारी दिनुभयो ।

अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम सामाजिक विकास मन्त्रालय कोशी प्रदेश सरकार ,थुलुङ दुधकोशी गाउँपालिका र करुणा फाउन्डेसन नेपालको त्रीपक्षिय लागत साझेदारिमा संचालन भएको यो कार्यक्रम अपाङ्गता भएको व्यक्तिहरुको स्वास्थ परिक्षण ,आवश्यकता पहिचान र परिचयपत्र वितरण ” समुदायमा आधारित पुनस्थापना सम्बन्धिको यस कार्यक्रम विशेषज्ञ टोलिद्वारा पहिचान गरिएको आधारमा अपाङ्गता भएको व्यक्तिहरुको सहायता सामाग्री खरिद गरि वितरण गरिएको हो।


यसअगाडि बाटै सहयोगको कार्यक्रम गरिरहेको स्थानीय सरकार र सहयोगी संस्थाहरुलाई अपाङ्गता भएका व्यक्तिहरुले खुशी व्यक्त गर्दै धन्यवाद दिए।कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राई,२ नं वडा अध्यक्ष युजन बस्नेत,६ नं वडा अध्यक्ष महेन्द्रदीप राई लगायतको उपस्थिति रहेको थियो।

सहायता सामाग्री वितरण सम्बन्धी यो कार्यक्रम क्रमशः अन्य वडाहरुमा ( गाउँपालिका भर ) पनि तत्काल गरिने गाउँपालिकालाई उद्दृत गर्दै वडा अध्यक्ष राईले बताउनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु