कोशी प्रदेश स्तरिय महिला फूटबलका लागि सोलुखुम्बुको टिम घोषणा

शेयर गर्नुहोस्

सोलुखुम्बु– यही असार २० गते देखि २५ गतेसम्म खोटाङको बुइपामा सञ्चालन हुने प्रदेशस्तरीय महिला नकआउट फूटबल प्रतियोगिताका लागि सोलुखुम्बुको टिम घोषणा गरिएको छ ।

कोशी प्रदेश खेलकुद विकास समितिले आयोजना गरेको प्रदेश स्तरीय महिला नकआउट फूटबल प्रतियोगितामा सोलुखुम्बु जिल्लाबाट सोलुदुधकुण्ड यूथ क्लबका महिला टिमले सहभागिता जनाउने प्रशिक्षक क्षितिज तामाङले जानकारी दिनुभयो ।

जिल्लाबाट छनौटमा पर्नेहरुमा झरना राई, अस्मिता वि.क., टसी शेर्पा, रायल राई, सन्जना राई, रेविका राई, छेजी शेर्पा, सपना राई, आशा तामाङ, करिना बराईली, सुदिक्षा राई, ङिमा याङ्जी शेर्पा, मेलिना राई, रोशनी नेपाली, कन्चन राई र निम ल्हमु शेर्पा रहेका छन् ।

प्रशिक्षक तामाङका अनुसार असार १६ गते सार्वजनिक टाइसीट अनुसार असार २० गते बिहान ७ बजे सोलुखुम्बु र ओखलढुङ्गाबीच प्रतिस्पर्धा हुने छ । खेलाडीहरूले पहिलो पटक प्रतिस्पर्धामा जान लागेको बताउँदै उत्साहका साथ विजयी भएर फर्कने आशा गरिएको छ ।

खेलाडीहरूलाई जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष नरेन्द्र थापा मगरले शुभकामना दिँदै बिदाई गर्नुभएको छ ।

Namelist of Players,


शेयर गर्नुहोस्

अन्य खबरहरु