सोलुको नेचासल्यानमा पहिरोले एक घर पु¥यो

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ५ स्थित खालिङ गाउँमा पहिरोले एक घर पुरेको छ । रातभरको अविरल वर्षा पछि आएको पहिरोले चन्द्र कुमार राईको घर पुरेको हो ।

वडा नम्बर ५ का वडा अध्यक्ष राजन राईका अनुसार ५ सदस्य परिवार रहेको राईको दुई वटा घर रहेकोमा मतान भने पुुर्ण रुपमा क्षेति भएको हो । पहिरोमा कुनै मानविय क्षेति भने भएको छैन् । हाल ठुलो वर्षात भइरहेकाले पहिरो पन्छाउन नसकिएको वडा अध्यक्ष राईले बताउनुभयो ।

स्थानियका अनुसार सोहि ठाउँका ५ घर जोखिपूर्ण अबस्थामा रहेका छन् ।


शेयर गर्नुहोस्

अन्य खबरहरु