खालिङ राई उत्थान संघको केन्द्रिय अध्यक्षमा बलबहादुर खालिङ

शेयर गर्नुहोस्

सोलुखुम्बु– किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमितिको अध्यक्षमा बलबहादुर खालिङलाई चयन गरिएको छ । शनिबार काठमाडौंमा सम्पन्न संघको आठौं केन्द्रीय महाधिवेशनले खालिङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा जय कुमार खालिङ, प्रथम उपाध्यक्षमा आसपूर्ण खालिङ, द्धितीय उपाध्यक्षमा आसबरी खालिङ चयन हुनुभएको हो । यस्तै, महासचिवमा मानबीर खालिङ, सचिवमा निरकुमार खालिङ, सहसचिवमा बसन्त खालिङ र कोषाध्यक्षमा सलिना खालिङलाई सर्व सम्मत चयन गरिएको हो ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा रोजिना खालिङ, नविन खालिङ, अर्जुन खालिङ, बलबहादुर खालिङ, मिना कला खालिङ, महेश खालिङ, पर्वत खालिङ, भुषण खालिङ, शिवराज खालिङ, पूर्ण खालिङ र विष्णु खालिङ रहेका छन् । खालिङ समुदायको भाषा, कला, संस्कृति र भेषभुषाको संरक्षण र संवर्दनका क्षेत्रमा यस संस्थाले काम गर्दै आएको छ ।

नव गठित कार्यसमितिको अवधी ३ वर्षको हुनेछ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु