खालिङ संघ सोलुको अध्यक्षमा पूनः महेश खालिङ

शेयर गर्नुहोस्

सोलुखुम्बु– किरात खालिङ राई उत्थान संघ जिल्ला अध्यक्षमा चौथो पटक महेश खालिङ चयन हुनुभएको छ । बुधबार सल्लेरीमा सम्पन्न चौथो जिल्ला सम्मेलनले खालिङको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चनय गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा मिङमार खालिङ, द्धितिय उपाध्यक्षमा मनिकुमार खालिङ, सचिवमा सज्जन खालिङलाई सर्वसम्मत चयन गरेको हो । यस्तै सह सचिवमा भवि खालिङ, कोषाध्यक्षमा इन्दिरा राई र सदस्यहरुमा मनिका खालिङ राई, माया राई, दिनेश खालिङ राई, नल बहादुर खालिङ राई र प्रदिप खालिङ राईलाई चयन गरेको छ ।

यस्तै, यस्तै सोही भेलाले काठ्माडौमा यही चैत्र ३ गते हुन लागेको संघको ८ औँ राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष खोलिङ सहित ३ जना प्रतिनीधी समेत खटाउने निर्णय गरेको छ । जस्मा, प्रदिप खालिङ, भवि खालिङलाई पठाउने भएको हो ।

यस संस्थाले खालिङ राईहरुको भाषा,संस्कार तथा रितिरीवाज संरक्षणमा विषेश जोड दिदै आएको अध्यक्ष खालिङले बताउनुभयो । कार्यक्रम किरात खालिङ राई उत्थान केन्द्रिय कार्य समितिको संरक्षक बुद्धिकिरण राईको प्रमुख आथिथ्यता तथा खालिङ समुदाएको उपस्थिती रहेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु