प्राज्ञ चाम्लिङको ‘सोलु सल्लेरी’को १७ वर्षपछि भिडिओ बन्यो

शेयर गर्नुहोस्

२०६३ सालमा गायिका पार्वती राईको स्वारमा रेकर्ड गरिएको गीतको ममता थुलुङको पहलमा भिडियो बनाईएको हो । हिमाली जिल्ला सोलुखुम्बुको भौगोलिक विशेषता तथा सांस्कृतिक कुरालाई समेटिएको गीतको आधिकारिक गीति भिडिओ भने बनेको थिएन ।

सोलुखुम्बु– साहित्यकार प्राज्ञ टीका चाम्लिङले रचना गर्नुभएको ‘सोलु सल्लेरी’ बोलको गीतको भिडियो १७ वर्ष पछि बनाईएको छ ।

कोरियोग्राफर ममता थुलुङ राईले आफ्नै निर्देशनमा गीति भिडिओ सोलुखुम्बुको विभिन्न स्थानमा छायाङ्कन गरिएको छ । भिडिओमा ममतासँगै अन्य २५ जना कलाकार फिचर्ड छन् । ममताकै कोरियोग्राफीमा तयार भएको गीति भिडिओलाई प्रवेश राईले छायाङ्कन एवम् सम्पादन गरेका हुन् ।

भिडिओमा सोलुखुम्बुको चिनारीका रूपमा रहेका हिमशृङ्खला लगायत विशेष स्थानहरू देखाउन प्रयास गरिएको ममता बताउँछिन् । भिडिओ बनेपछि गीतका सर्जकहरू टीका चाम्लिङले आफ्नो सिर्जनाले पूनर जन्म पाएको बताउँनुभयो ।

साथै उहाँले यो कार्यले थप सोलुखुम्बुसँगको सम्बन्ध प्रगाढ र आफ्नो कलम चलाउनमा उर्जा मिलेको बताउनुभयो । यस्तै गीतको भिडियो बनेपछि गायिका पार्वती राई, शिलाबहादुर आलेलगायतले खुसी व्यक्त गरेका छन् ।

कोरीयोग्राफर ममता थुलुङ सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्गलाका हुन् ।

भिडियो लिङ्क


शेयर गर्नुहोस्

अन्य खबरहरु