सोताङमा ४ करोड बढि लागतमा बन्नलागेको ढलको सिल्यान्यास

शेयर गर्नुहोस्

सोलुखु्मबु– जिल्लाको सोताङ गाँउपालिकामा ४ करोड १६ लाख लागतमा बन्न लागेको ढलको शिल्यान्यास गरिएको छ ।
शुक्रबार गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले उक्त ढल निर्माण कार्यकाऔपचारिक रुपमा शिल्यान्यास गर्नुभएको हो । गाउँपालिकाको ५ मा रहेको शिवटार बजार क्षेत्रको ढल व्यावस्थापनका लागि प्रदेश सरकार र गाउँपालिकाले बजेट व्यावस्थापन गरि निर्माण गर्नलागिएको हो ।

ढल निर्माणको जिम्मा रमन निर्माण सेवा प्रालिले पाएको गाउँपालिका अध्यक्ष बस्नेतले बताउनुभयो । ४ करोड १६ लाख ४२ हजार ९९ सय पैसा मा जिम्मा लिएको निर्माण कम्पनीले चालु आर्थिक वर्षको असार मसान्त भित्रमा निर्माण सम्पन्न गरिसक्ने बताएको छ ।

शिल्यान्यासको क्रममा पालिका अध्यक्ष बस्नेतले बजार क्षेत्रको फाहोर व्यावस्थापन अव दिर्धकालिन रुपमा समाधान हुने बताउनुभयो । साप्ताहिकरुपमा बजार लाग्ने भएकाले बजार क्षेत्रको फोहोर मेलाको कारण वातावरण दिनानुदिन प्रदुषित हुँदै गएको बताउदै उहाँले अव ढल व्यावस्थापन पस्चात यो समस्या हल हुने साथै बजार क्षेत्रको वातावराण स्वाच्छ, सझा हुने पनि बताउनुभयो । पालिका सरकार सँधै नागरिकको स्वास्थ्यमा सँधै गम्भिर रहेको पनि बताउनु भयो ।

यस्तै उहाँले गुणष्तरियतामा कुनै पनि कमि हुन नदिने र ताकेको समय भित्रै निर्माण कार्य सम्पन्न गराउने पनि प्रतिबद्धता व्यक्त गनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु