सोलुखुुम्बुमा निःशुल्क मोतिविन्दु छनौट शिविर हुने

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लामा मोतिविन्दु छनौट शिविर हुने भएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुको आयोजना, तिलगंगा आँखा प्रतिष्ठान काठ्माडौंको प्रविधिक सहयोगमा आगामी असोज ५ गतेबाट १ दिने शिविर गरिने भएको हो ।

जिल्लाको विभिन्न १९ स्थानमा निःशुल्क शिविर संचालन गरिने जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईले जानकारी दिनुभयो ।

यस्तै,स्वास्थ्य कार्यकर्ता राईका अनुसार शिविरबाट छनौटमा परेकाहरुको असोज २८ र २९ गते तिलगंगा आँखा प्रतिष्ठान काठ्माडौंका नेत्र विशेषज्ञहरुको उपस्थितिमा सल्यकृया गरिने छ ।

शिविर जिल्ला समन्वय समिति सोलु, सम्पूर्ण स्थानियतह, नेपाल रेडक्रस सोसाइटी, जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु र हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा फाप्लुको समन्वयमा संचालन गर्न लागिएको हो ।

शिविर सम्बन्धी प्रकासित सुचना


शेयर गर्नुहोस्

अन्य खबरहरु