अधिकृत राईद्धारा जिमी राईलाई आर्थिक सहयोग

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोलुदुधकुण्ड नगरपालिकाकी प्रमुख प्रशासकिय अधिकृत कोपिला राईले जिमी राई उत्थान समाज सोलुलाई आर्थिक सहयोग गर्नुभएको छ ।

समाजको २५ औँ वार्षिक उत्सव ऐतिहिसिक रजतवर्षको अवसरमा आयोजिक कार्यक्रमममा प्रमुख अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सहयोग गर्नुभएको हो ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीमा निर्माणाधिन बहुद्देशीय सभाहलको लागि उहाँले आफ्नो बुवा जोरधन राई र आमा मनकुमारी राईको संयुक्त नाममा ५० हजार ५ सय पचिस रुपैयाँ सहयोग गर्नुभएको हो ।

यस्तै, उहाँले आफुपनि किरातीको छोरी भएको र आफ्नो समुदायको लागि केही गर्नु पर्छ भन्ने इच्छा रहेको र समाजले ड्रिम प्रोजेक्टको रुपमा अघिसारेको भवन निर्माणलाई टेवा पु¥याउने द्येयले बुबा आमाको सम्झनामा सहयोग गरेको बताउनुभयो । साथै, उहाँले अरुलाई पनि यो महान कार्यमा जोडिन आग्रह गर्नुभयो ।

संस्थाले सल्लेरीमा करिब १ करोड दश लाखको लागतमा भवन निर्माण सुरु गरिइएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु