सोलुखुम्बुको पञ्चन मैकुमा ट्रक पल्टियो, ३ घाइते

शेयर गर्नुहोस्

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चनको मैकुमा ट्रक दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । विहिबार दिउसो ना.८.ख.३००२ नम्बरको १० चक्के ट्रक पञ्चनबाट हाईड्रोपावरको कवाडी सामाग्री बोकेर भित्रि सडक मार्फत काँगेल जानेक्रममा अनियन्त्रित भई पल्टिदा ट्रकमा सवार ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घाईते हुनेहरुमा मकवानपुरको मनहरी नगरपालिका ४ का ४५ वर्षीय चालक कृष्ण बहादुर सुनार, ओखलढु्ंगाकाृ सिद्धिचरण नगरपालिका ६ बेतीनीका २४ वर्षीय हरि धमला र महोतरीको गौशला नगरपालिका ८ का २२ वर्षीय बजरंगी कुमार महतो रहेको प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

घाइते मध्ये २ जनालाई जिल्ला अस्पताल फाप्लुमा उपचार पश्चात् डिस्चार्ज गरिएको छ भने गम्भीर घाइते १ जनालाई थप उपचारका लागि काठमाण्डौ रेफर गरिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु