सोलुमा पि.एम.पिले सञ्चालन गरेको कार्यक्रमको अनुगमन

शेयर गर्नुहोस्

प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, परियोजना कार्यान्वयन एकाई ओखलढुंगाले सोलुखुम्बु जिल्लामा चालु आर्थिक वर्षमा सञ्चालन कार्यक्रमको अनुगमन गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला, प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई, बरिष्ठ कृषि अधिकृत कृष्ण प्रसाद पौडेल, जलस्रोत तथा सिचाई कार्यालय सोलुखुम्बुका प्रमुख रन्जय सिं, कृषि ज्ञान केन्द्र सोलुखुम्बुका निमित्त प्रमुख दुर्गा बहदाुर तिरुवा, डिभिजन बन कार्यलय सोलुका निमित्त प्रमुख मनराज राई , कृषि ज्ञान केन्द्र फार्म व्यवस्थापन शाखा फाप्लुका कृषि प्रसार अधिकृत चन्द्र फडेरा लगायतको टोलीले अनुगमन गरेको हो ।

जिल्लामा चालु आर्थिक वर्षमा सञ्चालन गरेको किविको थाँक्रा व्यवस्थापन, सिचाई कार्यक्रम, विरुवा वितरण, चिस्यान केन्द्र (कुल बुट), चक्लाबन्दी ओखर, घेराबार, पिबिएस आलु नर्सरीको अनुगमन गरिएको हो ।

समन्वय प्रमुख निरौलाले कृषकलाई लाभ हुने गरि कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै अनुदान मुखी भन्दा पनि व्यवसायिक विकासका सवालमा कार्यक्रम सञ्चालन गरिनुपर्ने बताए ।


शेयर गर्नुहोस्

अन्य खबरहरु