सोलुमा भिरबाट लडेर १ जनाको ज्यान गयो

शेयर गर्नुहोस्

सोलुखुम्बु – जिल्लाको माप्य दुधकोशी गाउँपालिका ३ खास्तापमा भिरबाट लडेर एक युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ३५ वर्षीय अमृत राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार राई गत शुक्रबार घरबाट कसैलाई जानकारी नगराई हिडेका थिए ।

उनलाई शनिबार दयाखोपमा करिब १५० मिटर तल चेम्सी खोलामा मृत अवस्थामा स्थानीयले फेला परेका थिए ।

पारिवारिक श्रोतका अनुसार उनको मानसिक सन्तुलन ठीक नभएका थिए । घटनाको कानुनी प्रकृया पुरा गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु