गुड्दै गरेको सुमोमा आग्लागी यात्रु सबै सकुशल

शेयर गर्नुहोस्

सोलुखुम्बु- ओखलढुंगाको सिध्दिचरण राजमार्ग अन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका ७ को हिलेपानी नजिक गुडिरहेको एउटा सुमोमा आगो लागेको छ । प्रहरीका अनुसार सुमोको इन्जिन तातिएका कारण वाइरिङ तार सर्ट भएर आगो लागेको हो ।

आज शुक्रबार दिउँसो १ बजेको समयमा काठमाडौँबाट सोलुखुम्बु आउँदै गरेको ना१ज ८८८२ नम्बरको सुमोमा आगोलागेको हो । सुमो जलेर पूर्णरुपमा क्षति भएको छ । यद्यपि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी हुनासाथ प्रहरी चौकी हर्कपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु