खोटेहाङमा रामप्रसाद राईको स्मृति पार्क निर्माण

शेयर गर्नुहोस्

खोटाङ– खोटेहाङ गाउँपालिका खोटाङले आफ्नो पवित्र भुमि खोटाङ बजारको टुडीखेलमा रामप्रसाद राईको प्रतिमा स्थापना गरिएको छ । २००७ को क्रान्तिका नायक रामप्रसाद राईले संघर्षको शुत्रपात गरेका स्थान हो खोटाङ । जहाँनीया राणा शासनको कहालि लाग्दो १०४ वर्षेको अन्त्य एकमात्र विकल्प क्रान्ति हो भन्ने बुझाईको विकास गरेका रामप्रसाद राईको पूर्णकदको शालिक स्थापना गरेर गाउँपालिकाले उच्च सम्मान दिएको छ ।

फागुन ८ गते ७३ औ प्रजातन्त्र दिवसको ठिक एकदिन पछाडि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभाका माननीय सांसद रामकुमार राई पासाङले रामप्रसाद राईको शालिक अनावरण गर्नु भएको छ । खोटेहाङ गाउँपालिकाको आयोजनामा शालिक अनावरण कार्यक्रम भएको हो । इतिहासको एक झल्को आउनेगरी स्थापना भएको राईको क्रान्तिका नायक राईको शालिक नजिकै उहाँले नै रोप्नु भएको समिको रुख छ । झट्ट हेर्दा झांगिएको ठुलो बरको रुख जस्तै देखिने समिको विरुवा उनै राईले खोटेहाङमा छँदा रोपेको स्थानीयले बताउँछन् ।

समिको रुख झांगिए जस्तै उहाँले उठाएको क्रान्तिका बहाव फैलिएको छ । तरपनि २००७ साल यता रामप्रसाद राई बेपत्ता छन् । सबै क्रान्तिकारीहरु सँधै टिकिरहन त सक्दैनन् तर उनिहरुको विचार र मार्गदर्शन बाँचिरहने छ । तत्कालिन भगवती मावि (भगवती दिननाथ उच्च मावि) भन्दा ठिक अगाडिको भागमा रहेको उक्त स्मृति पार्क तथा समिको बोट भएको ठाउँमा समथरीलो भु–भागको निर्माण समेत स्वंयम रामप्रसाद राईले निर्माण गरेका ईतिहास छ । नजिकै बगिरहेको सावाखोलाको बालुवा बोकेर बनाईएको मैदानका छेउछेउमा सिमलका ठुला ठुला बोटहरु उनै रामप्रसादको पौरख हुन् ।

इतिहासमा केही लिखित र केही मोखिक किम्वदन्तिहरुका आधारमा वि.स. १९९९ सालमा रामप्रसाद राई खोटेहाङमा सैनिक अफिसरका रुपमा पुगेका थिए । उनी पूर्व बृटिस लाहुरे भएपनि देशमै केही गर्ने हेतुले नेपाल फर्किएर सेनामा जोडिएका थिए । सेनामा रहँदा त्यसक्षेत्रको कमाण्डर बनेर खोटेहाङ आएका राईले राणाहरुको दवा दवालाई नजिकैबाट नियालेका थिए । उनि भित्र भित्रै राणा विरोधी गतिविधीमा संलग्न रहेको तत्कालिन श्री ३ राणा सरकारलाई पुगेपछि उनलाई कारबाही गरिएको भनाई छ ।

नेपालको इतिहासमा जनताको तर्फबाट विसं.२००८ माघ ८ गते राति सिंहदरबार कब्जा गर्ने प्रयास गरिएका थियो । विदेशमा विद्रोहमार्फत् केन्द्रीय सत्ता कब्जाका घटनाहरु हुने गरे पनि नेपालमा चाँहि रामप्रसाद राई र डा. केआइ सिंहले यस्तो योजना बनाएका थिए । पूर्वबाट सेनासहित पुगेका रामप्रसाद राईले सिँहदरबार घेरे तर के आई सिँले ढिलो गरे भन्ने गरिएको छ । असफल प्रयासपछि सबै फर्किए तर रामप्रसाद फर्किएनन् । त्यहीबाट उनि हालसम्म बेपत्ता छन् । उनै राईले राणा सरकाले जागिर खोसुवा गरेपछि खोटेहाङ छाडेर जाँदै गर्दा स्थानीयहरुसँग अब एकबर्ष भित्र केही न केही हुने भन्दै सन्देश छाडेको अहिलेपनि त्यहाँका वृद्धावृद्धले भन्ने गरेका छन् ।

तीनै वृद्धवृद्धाको कुरा सुन्दै आएका स्थानीय पालिका प्रमुख, उपप्रमुखहरुले तदारुकता देखाउँदा एउटा इतिहास विउतिएको छ । यस कर्ममा किरात राई विद्यार्थी संघले निकै ठुलो भुमिका खेलेको छ । तत्कालिन अध्यक्ष बिर्सिका राई (हाल साकेला गा.पा. उपाध्याक्ष)का अनुसार कुरै कुरामा पूर्व संस्कृति तथा पर्यटन मन्त्रि गोपाल किरातीले समिको बोट र रामप्रसाद राईको कुरा सुनाएपछि यसको संरक्षण गर्ने हुटहुटीले यो कार्यको प्रारम्भ भएको हो ।

उनै बिर्सिका राईले कार्यक्रममा समेत आभार व्यक्त गर्दै ऐतिहासिक कार्य गरेकोमा खोटेहाङ गाउँपालिका लाई धन्यवाद् दिईन् । छिमेकी पालिका दिप्रुङ चुईचुम्मा गाउँपालिका उपाध्याक्ष अरुणा थापा मगरले समेत कार्यक्रममा पुगेर बधाई दिएकी छन् । गाउँपालिकाले नजिकका छिमेकी गाउँपालिकाहरुलाई समेत निम्ता दिएर गरेको कार्यक्रम ऐतिहासिक रहेको गाउँ पालिकाका प्रशासकीय अधिकृत अजम्बर राईले बताउनु भएको छ ।

विविध सांस्कृतिक कार्यक्रमहरु सहित भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधी, वडाअध्यक्षहरु, शिक्षक शिक्षिका तथा गाउँपालिका भित्रका स्थानीय नागरिक तथा सरकारी गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु सहभागी रहेका थिए । किरात कोशी अनलाईनबाट साभार।


शेयर गर्नुहोस्

अन्य खबरहरु