एमाले सोलुखुम्बुले प्रत्यक्षमा मानबीर राईको नाम सर्वसम्मत सिफारिस

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य मानवीर राईको एकल नाम सिफारिस गरेको छ । सोमबार जिल्ला पार्टी कार्यालयमा बसेको जिल्ला कमिटी बैठकले एउटामात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा पार्टीको तर्फबाट राईको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फको पनि नाम सिफारिस गरेका छ जस्मा सूर्यकुमारी सुनुवार र दाडोमा शेर्पाको नाम सिफारिस गरेको जिल्ला कमिटी सचिब आशकुमार राई “शिशिर”ले बताउँनुभयो ।

यस्तै, सोही बैठकले प्रदेश सभा (क) मा वर्तमान प्रदेश सभा सदस्यसमेत रहेका उत्तमकुमार बस्नेत र महेश किरातीको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ सावित्रि भट्टराई, कल्पना गिरि बस्नेत र पार्वती राईको नाम सिफारिस गरेको छ ।

प्रदेश सभा (ख) मा भने वर्तमान प्रदेश सभा सदस्य तथा एमाले प्रदेश १ प्रदेश सभाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, आशकुमार राई ‘शिशिर’, मिङमार शेर्पा, जुनिता माया मगर र दीपक राजभण्डारी लगाएत ५ जनाको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ कल्पना राई, श्याम क्षेत्री, डि.बि.रानापाल र आङकाजी शेर्पाको नाम सिफारिस गरेको सचिव राईले जानकारी दिनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु