देउसामा एक घरमा आगोलागी १५ लाख बराबरको क्षेती

शेयर गर्नुहोस्

सोलुखुम्बु :  जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका– ७ देउसा खिलुको  एक घरमा आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ । आइतबार बिहान  करिब साडे ४  बजे स्थानीय इन्द्र बहादुर बस्नेतको घर आगलागी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी ज्ञान बहादुर माझीले जानकारी दिनुभयो । 

 आगलागीबाट बस्नेतको ढुङ्गा माटोले बनेकोे ३ तले घर सहित सो भित्र भएका अन्नपात, भाडावर्तन, लत्ताकपडा लगायतका सामाग्री जलेर नष्ट भएको छ ।  बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको छ । 


शेयर गर्नुहोस्

अन्य खबरहरु