सोलुखुम्बुमा रैथाने फापर बालि उत्पादनमा बृद्धि

शेयर गर्नुहोस्

हिमाली जिल्ला सोलुखुम्बुमा रैथाने फापरको उत्पादन बढेको छ । कृषि ज्ञानकेन्द्र सोलुखुम्बुको तथ्यङ्क अनुसार जिल्लामा गत आर्थिकको तुलनामा यस वर्ष एक मेट्रिक टन बढेको हो । जिल्लामा कुल ३०१ हेक्टर क्षेत्रफलमा लगाईएको फापर २७६ मेट्रिक टन उत्पादन भएको हो ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष जिल्लामा २ सय ७५ मेट्रिक टन उत्पादन भएको थियो । रैथाने प्रजातिको फापर उत्पादनमा बृद्धि भएपछि कृषकमा उत्साह जागेको ज्ञानकेन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवाले बताउनु भयो । उहाँका अनुसार जिल्लामा उपभोग गर्नेको पनि संख्या राम्रै रहेको र उत्पादित उपजले बजार राम्रै पाउँदै आएको छ ।

आफुले उत्पादन गरेको उपजले बजार राम्रै पाउने भएपछि यसको खेतिमा कृषक व्यवसायिकरुपमा नै लाग्न थालेका छन् ।


शेयर गर्नुहोस्

अन्य खबरहरु