‘भाषण होइन, काम गछौं’ मेयर साह

शेयर गर्नुहोस्

महोत्तरी– जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले भाषण होइन काममा विशेष आफ्नो जोड रहेको बताउनु भयो । ‘हाम्रो जलेश्वर,राम्रो जलेश्वर’ भन्ने मुल नाराका साथ हरित जलेश्वर आभियान अन्तरगत नगरपालिका क्षेत्रभित्र बोट विरुवा रोपन गर्ने क्रममा उहाँले यस्तो बताउनुभयो ।

मेयर सोनारका अनुसार सुन्दर नगर निर्माण परिकल्पना अनुरुपनै काम भईरहेको बताउनुभयो । निरन्तरको प्रयासले नगरपालिका क्षेत्रमा विभिन्न प्रजातिका बोट बिरुवा ,फलफूलको बृक्षा रोपनका गर्नु सफल भएको र यसको रेखदेख गर्नु मुख्य कुरा रहेकाले सो को लागि पनि उक्तिकै सक्रियताका लागि परेको पनि बताउनुभयो ।

बिरुवाहरुको सेहारसुसारमा नगर प्रहरी साथै कर्मचारीहरुलाई परिचालन गरिएको छ । नगरका अनुसार पहिलो चरणमा बजार क्षेत्र तथा हरेक वाडर्, टोल देखि नगरपालिका जोड्ने मूल सडक, सहायक सडक, मन्दिर, धर्मशाला ,चौतारा साथै सार्वजनिक स्थल हरुमा संचालन गर्ने योजना रहेको छ ।

यस्तै, मेयर सोनारले यस कार्यमा सहभागिहुन र बोटविरुवाको संरक्षण गर्न नगरबासिहरुलाई अग्रह समेत गर्नुभएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु