शिक्षक संघ सोलुद्धारा तरुणदल केन्द्रिय समितिमा मनोनित ४ जनालाई बधाई ज्ञापन

शेयर गर्नुहोस्

सोलुखुम्बु – नेपाल शिक्षक संघ सोलुखुम्बुले नेपाल तरुणदलका २ केन्द्रीय सदस्यलाई सम्मान गरेको छ । असार १३ गते गठित तरुणदलको केन्द्रीय तदर्थ समितिमा मनोनित भएका नविन थापा र अश्विन थापालाई शनिबार एक कार्यक्रमका बीच सम्मानपत्रसहित सम्मान तथा बधाई ज्ञापन गरिएको संघका अध्यक्ष मदन थुलुङले बताउनुभयो ।

नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति एवं सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौला लगाएतले बधाई ज्ञापन गर्नुभएको थियो ।

शिक्षक संघका जिल्ला अधयक्ष मदन राईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला उपसभापति फुदोर्जी शेर्पा, नेविसंघका जिल्ला अध्यक्ष नविन बस्नेत लगायतको उपस्थिती थियो । नेपाल तरुण दलको केन्द्रीय तदर्थ समितिमा सोलुबाट थापाद्धोय सहित अशोक झा र पोषकुमार बास्तोला गरी ४ जना मनोनित भएका छन् । झा र बास्तोला भने कार्यक्रममा अनुपस्थित रहेको जनाइएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु