किरात खालिङ राई उत्थान संघ बेलायतको अध्यक्षमा पून पूर्ण खालिङ

शेयर गर्नुहोस्

लन्डन– किरात खालिङ राई उत्थान संघ बेलायत शाखाको अध्यक्षमा पून पूर्ण खालिङ निर्बिरोध चयन हुनुभएको छ ।
शनिबार एल्डरसटमा भएको संघको चौंथो वार्षिक कार्यक्रम तथा दोश्रो शाखा सम्मेलनले खालिङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्ष सिरि खालिङ, सचिव योगेश (योग) खालिङ, महिला सचिव मेनु खालिङ, कोषाध्यक्ष सैलेश खालिङ, सह–कोषाध्यक्ष रमेश खालिङ चयन भएका छन भने सदस्यमा गोकुल खालिङ, प्रताप खालिङ, दीपक खालिङ, दीपचन खालिङ, ममता खालिङ, चन्द्रा चामलिङ खालिङ चयन भएका छन ।

सघले सोहिदिन ५ जना सल्लाहकार समिती चयन गरेको अध्यक्ष पुर्ण खालिङले बताए । सल्लाहकार समितिमा खड्का खालिङ, रामबिर खालिङ, नरेन खालिङ, तीर्थ खालिङ र तेजमान खालिङ रहेका छन ।

खालिङहरुको परम्परा अनुसार पुर्खाहरुद्वारा बिधिबत रुपमा भुमि पूजा गरी कार्यक्रम उद्घाटन भएको थियो ।

कार्यक्रममा खालिङहरुको वास सिलि नाच, खालिङ भाषाका गितहरुमा नृत्य साथै विभिन्न रमाइला खेलकुद आयोजना गरिएको थियो ।

कार्यक्रम लण्डनमा रहेका खालिङहरुको बाक्लो उपस्तिथी रहेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु