हेमन्तकला ‘सपनाको चोमोलुङमा’

शेयर गर्नुहोस्

काठमाडौं – ‘सपनाको चोमोलुङमा’ गीत सार्वजनिक गरिएको छ । स्व. हेमन्तकला थुलुङको स्मृतिमा परिवारद्धारा निर्माण गरिएको हो । आइतबार काठ्माडौमा एक कार्यक्रमकाबीच गीत सार्वजनि गरिएको हो ।

विश्वभर महामारिको रुपमा फैलिएको कोभिडका कारण स्वर्गारोहण हुनुभएको स्व. हेमन्तकला थुलुङको सम्झनामा सो गीत निर्माण गरिएको हो । गीतमा हेमन्तकलाले समाजमा पु¥याएका योगदान तथा उनका जिवन संघर्सलाई प्रस्ट्याउन खोजिएको छ ।

टिका चाम्लिङ, जसिहब थुलुङ (खार्ल्युम्च्यो) शब्द र मनोजा सानसोङको संगीत संयोजन रहेको गीतमा भ्वाईज नेपाल र नेपाल आइडल प्रतिस्पर्धी गायक बिजय राईले स्वर दिएका छन् ।

कोरसमा स्व. हेमन्तकलाका दिदी घना राई (पुजा), र बहिनीहरु अनिशा राई, संगीता राई, युनिशा राई, र अनिरा राई छन ।

स्व. थुलुङले आफ्नो जीवनको छोटो समयमै थुलुङ तथा किरात समुदायलाई अतुलनिय सहयोग पु¥याउनुभएको थियो । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं ८ देउसा बाघखोर चारघरेमा बाबा आङबाबु राई र आमा कालुमाया राईको कोखबाट दोस्रो सन्तानको रुपमा जन्मिनु भएको थियो ।

उनको विवाह भोजपुर जिल्लाको टेम्केमैयुङ गाँपालिका वडा नं ३ का रबिन बान्तवा राईसंग भएको थियो ।

गीत सार्वजनिक कार्यक्रममा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध समाजसेवी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । गीत हेमन्तकता थृुलुङ युट्युव मार्फत ल्याइएको छ ।

Video Link

https://youtu.be/QSkB98VzxYc


शेयर गर्नुहोस्

अन्य खबरहरु