बैङ्किङ कसुरमा जिल्ला भलिबल संघ अध्यक्षः किराती पक्राउ

शेयर गर्नुहोस्

सोलुखुम्बु – बैङ्किङ कसुरमा जिल्ला भलिबल संघ सोलुखुम्बुका अध्यक्ष दिपक किराती पक्राउ परेका छन् । थुलुङ दुधकोशी गाउँपालिका ७ देउसाका २७ वर्षिय किरातीलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बैङ्किङ कसुरमा अभियोग प’क्राउ रेको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल जंग शाहका अनुसार उनलाई १६ लाख रुपैयाँ भन्दा बढी रकमको चेक बाउन्स कसुरमा आईतबार साँझ सल्लेरीबाट पक्राउ गरिएको हो ।

गंगी माया राईले दिएको जहोरीको आधारमा उच्च अदालत पाटनले जारी गरेको प’क्राउ पुर्जी अनुसार जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौँले पक्राउ पत्र लेखेको आधारमा उनलाई पक्राउ गरेको डिएसपी शाहले बताउनुभयो । उनलाई आज (सोमबार) विहान जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौँ पठाइएको छ । लामो समयदेखि फरार किराँती वाईसीएल थुलुङ दुधकोशीको इन्चार्ज समेत रहेका छन् ।


शेयर गर्नुहोस्

अन्य खबरहरु