संचार क्षेत्रबाट विदालिए रवि लामिछानेले, भिडियो सहित

शेयर गर्नुहोस्

काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले संचार क्षेत्रबाट विदालिएका छन् । जनता सँग सिधाकुरा कार्यक्रमबाट नेपाली श्रोतामाझ चिनिएका लामिछाने पछिल्लो समय ग्यालेक्सी टेलिभिजनमा आवद्ध रहेका थिए ।

लामिछाने काठमाडौंबाट चुनाव लड्ने भएका छन् । आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताएका छन् ।

उनले भने, काठमाडौंको कुनै एउटा क्षेत्रबाट चुनाव लड्छु । कुनै क्षेत्रबाट लड्ने ? दल बनाएर लड्ने कि स्वतन्त्र उम्मेदवारका रुपमा भन्ने पनि त्यही दिन भन्छु ।’

उनले पूर्ण रुपमा सञ्चारकर्म छाडेर राजनीतिमा आउन लागेको समेत उनले बताएका छन् ।
भिडियो हेर्नुहोस् ।।


शेयर गर्नुहोस्

अन्य खबरहरु