सप्तकोशीमा बस खस्यो, सबै यात्रुको सकुसल उद्धार

शेयर गर्नुहोस्

सुनसरी — सप्तकोशी नदीमा यात्रुवहाक बस खसेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट को १ ख ४६०१ नम्बरको बस बिहीबार खसेको सुनसरीका सशस्त्र परीक्षक सेमानन्द बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार बसमा रहेका सबै २० जना यात्रुको सकुसल उद्धार गरिएको छ । बस विराटनगरबाट उदयपुरको गाईघाटका लागि छुटेको थियो ।

बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ । चालक इलाका प्रहरी कार्यालय भारदहको नियन्त्रणमा रहेको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु