जिल्ला आयुर्वेद सल्लेरीबाट ४ हजार बढीले सेवा लिए

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सल्लेरीबाट गत आर्थिक् वर्षमा ४ हजार १ सय ३४ जनाले स्वास्थ्य सेवा लिएका छन् । केन्द्रका सुचना अधिकारी केशव ढुङ्गानाका अनुसार आर्थिक वर्ष २०८०÷८१मा २ हजार २ सय ५ जना महिला र पूरुष १ हजार ९ सय २९ जनाले विभिन्न स्वास्थ्य सम्बन्धी सेवा लिएका छन् ।

केन्द्रको तथ्याङ्क अनुसार १ देखी ४ वर्ष सम्मका ६४ जना, ५ देखी १६ वर्षका ३ सय ७ जना, १७ देखी ५९ उमेर समूहका २ हजार ७ सयले र ६० वर्षमाथीका १ हजार ६२ जनाले सेवाले लिएका छन् । केन्द्रबाट मुख्यगरि १० रोगहरुको सेवा प्रदान गर्ने गरिएको सुचना अधिकारी ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार अम्लपित्त, स्वासविकार, वातव्याधी, स्त्री रोग, नाक कान कण्ठ घाँटी रोग, रक्तचाप, गुदविकार, आमवात, मधुमेह र जराजन्य विकार लगाएत अन्यरोग सम्बन्धी विषेश उपाचार गरिने छ ।

केन्द्रले विभिन्न कार्यक्रमहरु पूर्वकर्म सेवा, स्तनपायी आमा सेवा, जेष्ठनागरिक सेवा, प्रयोगशाला सेवा, योग सेवा, नागरिक आरोग्य सेवा, विद्यालय आयुर्वेद तथा योगशिक्षा कार्यक्रमहरु गर्ने गरेको छ । जिल्लामा केन्द्रको विभिन्न तीन स्थानमा सेवा केन्द्रहरु संचालनमा रहेका छन् । सोताङ गाउँपालिका, माप्यदुधकोशीको बासा खास्ताव र महाकुलुङको बुङ मा केन्द्रका शाखाहरु संचालनमा रहेका छन् ।


शेयर गर्नुहोस्

अन्य खबरहरु