थुलुङ दुधकोशीमा २ दिने लैंगिक संवेदनशील, अपाङ्गता मैत्री सुरक्षित विद्यालय निर्माण तथा समावेशी शिक्षा सम्बन्धी तालिम सुरु

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा २ दिने लैंगिक संवेदनशील, अपाङ्गता मैत्री सुरक्षित विद्यालय निर्माण तथा समावेशी शिक्षा सम्बन्धी तालिम सुरु भएको छ । रीड नेपालको आयोजना तथा थुलुङ दुधकोशी गाउँपालिकाको समन्वयमा आयोजित उक्त तालिमको गाउँपालिका प्रमुख असिम राईले उद्घाटन गर्नुभयो ।

रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले समाज परिवर्तनको सम्भाहक शिक्षा क्षेत्र रहेकोले आफ्नो प्रमुख लक्ष्य नै शिक्षामा परिवर्तन रहेको बताउनु भयो । विद्यालयको मुख्य जिम्मेवार व्यक्ति प्रधानाध्यापक भएकोले सकारात्मक सुधार गर्न जिम्मेवार ढंगले आगाडी बढ्न निर्देशन दिदै अध्यक्ष राईले विद्यार्थीहरुका समस्या तथा गुनासो सुनुवाईका लागि अनलाइन रिपोर्टिंग मेकानिजम समेत निर्माण गरिरहेको जानकारी दिदै लैंगिकता , अपांगता , सुरक्षित विद्यालय निर्माण र बाल सुरक्षाको क्षेत्रमा संबेदनशील र जिम्मेवार पुर्वक काम गर्न आग्रह गर्नुभयो ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रसन्नदीप राई तथा शिक्षा शाखा प्रमुख गणेश गुर्धामीले कार्यक्रम आयोजनाको लागि रीड नेपाललाई धन्यवाद दिदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै रिड नेपालका संयोजक केशव देव गिरीले शैक्षिक गुणस्तर सुधार गर्न बालबालिकाले विद्यालयको वातावरणमा रमाएर समानरुपमा सिक्ने वातावरण सिर्जना हुनु पर्ने बताउदै सिकाइ उपलब्धी संगै लैंगिक मैत्री , बाल मैत्री, अपांगता मैत्री र समावेशी शिक्षाले मात्र विद्यालयलाई नमुनाको रुपमा अगाडी बढाउन सक्ने हुदा यी विषयवस्तु तालिममा समेटेको बताउनुभयो ।

उक्त तालिममा पालिका भित्रका १५ विद्यालयका प्रधानाध्यापक, जेन्डर फोकल शिक्षक र स्थानीय स्रोत शिक्षकहरुको उपस्थिति रहेको छ । तालीमको सहजीकरण रिड नेपालका कार्यक्रम संयोजक गिरी र रीड नेपालका शिक्षा विकास अधिकृत अभिषेक विक्रम शाहले गरिरहनु भएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु