थुलुङ ‘राई’ सामाको अध्यक्षमा भलाकाजी थुलुङ चयन

शेयर गर्नुहोस्

काठ्माडौँ– थुलुङ राई सामाको केन्द्रिय कार्यसमितिको अध्यक्षमा भलाकाजी थुलुङ राई चयन हुनुभएको छ । शनिबार केन्द्रिय कार्यालय काठ्माडौमा सम्पन्न विशेष राष्ट्रिय महादिबेशनले थुलुङको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

समितीको उपाध्यक्षमा डाक बहादुर थुलुङ, महासचिव, नविन थुलुङ, सचिव लाक्पा थुलुङ राई, र कोषाध्यक्षमा दिल कुमारी राईलाई चयन गरिएको छ । २०५८ सालका किरात थुलुङहरुको भाषा धर्म सस्कार संस्कृती उत्थान तथा संरक्षण गर्ने उदेश्यले स्थापना गरिएको संस्था २०७२ बाट निष्कृय भएको भयो ।

२०७२ सालमा पूर्वा सिं थुलुङको नेतृत्वमा गठन भए यता संस्थाको कार्य निष्कृय भएको थियो । ६ वर्ष देखि सामा सकृयनभएपछि विशेष राष्ट्रिय महादिवेशनको गरि आज नयाँ कार्यसमिति गठन गरिएको छ । नव गठित सामाका अध्यक्ष भलाकाजी थुलुङले अव सँस्थालाई चलायमान बनाई, सम्पूर्ण जिल्लाहरुमा गठन भएका जिल्ला शाखा साथै विभिन्न देशमा रहेको शाखाहरुलाई पनि सकृय बनाउने बताउनृभयो ।

समितिको सदस्यमा बाल कुमारी थुलुङ, सौगात थुलुङ राई, शिवकुमार थुलुङ राई, अकल बहादुर थुलुङ राई, दिलकुमारी थुलुङ राई इन्द्र कुमारी थुलुङ राई, सरिता थुलुङ राई र रोहित थुलुङलाई चयन गरिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु