सोलुखुम्बुमा पोखरिमा डुबेर एक बालकको ज्यान गयो

शेयर गर्नुहोस्


सोलुखुम्बु : पौउडि खेल्ने क्रममा एकजना बालकको ज्यान गएको छ ।

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ४ मुलखर्क स्थित साउने पोखरीमा डुबेर सोही वडा निवासी बिक्रम तामाङको छोरा वर्ष ७ को प्रशन्न तामाङको ज्यान गएको हो । विद्यालय छुट्टी भई घर फर्कने क्रममा साथि साथी ३ जना पौडी खेल्ने क्रममा डुबेर तामाङको मृत्यु भएको स्थानियले बताएका छन ।

घट्ना स्थलमा जुबु सुकेपोखरिको टोलि गएको र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षकको टोलि जाँदै गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख DSP द्वारिका प्रसाद घिमिरेले जानकारी दिनु भयो । घट्ना बारे थप विवरण आउनु बाकी ।


शेयर गर्नुहोस्

अन्य खबरहरु